युक्रेनको राजधानी 'किभ'मा रूसी ट्याङ्क छ्याप्छ्याप्ती, गोली हानाहान (भिडियाे)

बिएल संवाददाता

किभ, युक्रेन

रूसी सैनिकहरू राजधानी किभ पुगेर कब्जा जनाएकाे युक्रेनी अधिकारीहरूले पुष्टि गरेका छन्। युक्रेनको रक्षा मन्त्रालयले ट्विटरमा 'शत्रु' ओबोलोन क्षेत्र आइपुगेको बीबीसीले जनाएको छ।

सामाजिक सञ्जालमा प्रेषित भिडियाेहरूमा रुसी ट्याङ्कहरू युक्रेनको राजधानी किभ क्षेत्रमा गुडिरहेको देखिएको छ। मन्त्रालयले रूसी सैनिकहरू किभको उत्तरमा रहेको ओबोलोन क्षेत्रमा छिरेको पुष्टि गरेको थियो। सामाजिक सञ्जालमा प्रेषित भिडिओहरू स्थानीय बासिन्दाहरूले आफ्नो घरबाट खिचेको जस्तो देखिन्छ।


हेर्नुस् रूस र युक्रेनका सैनिकले गोली हानाहान गरेको भिडियाे


युक्रेनी अधिकारीहरूले स्थानीय बासिन्दालाई प्रतिकार गर्न प्रोत्साहित गरेका छन् भने अरूलाई सुरक्षित स्थानमा बस्न सुझाव दिएका छन्। यसक्षेत्रमा ठूलाठूला विस्फोटनको आवाज सुनिएको छ।

रूसी फौज अगाडि बढिरहँदा युक्रेनी राजधानी किभकाे चारैतिर गोली हानाहानका आवाज सुनिएका थुप्रै विवरणहरू आइरहेका छन्।

यूकेका रक्षामन्त्रीले आक्रमणको पहिलो दिन रुसले युक्रेनमा आफ्नो कुनै पनि लक्ष्य हासिल गर्न नसकेको ब्रिटिश गुप्तचर निकायहरूको आकलनबाट देखिएको बताएका छन्।

युक्रेनले घातक अस्त्रहरू सहयोगमा पाएर प्रतिकार गरेको कारण रुस विफल भएको उनले उल्लेख गरेका छन्।

(अपडेटः बिएल नेपाली सेवा)

प्रकाशित मिति: : 2022-02-25 14:40:00

प्रतिकृया दिनुहोस्