हेर्नुहोस् रूस र युक्रेनका सैनिकले गोली हानाहान गरेको भिडियो

बिएल संवाददाता

किभ, युक्रेन

युक्रेनको पश्चिमोत्तर शहर सुमीको एउटा सडकमा रूसी र युक्रेनी सैनिकहरूबीच गोली हानाहान भइरहेको भनिएको एउटा भिडियाे सार्वजनिक भएको छ। उक्त भिडियाे युक्रेनको सेनाले सामाजिक सञ्जालमार्फत् भाइरल बनाएकाे हाे।

रूसी सीमादेखि ३० किलोमिटर टाढा पर्ने क्षेत्रीय राजधानी सुमीको जनसङ्ख्या दुई लाख ६० हजारभन्दा बढी छ।

स्थानीय प्रशासकका अनुसार रूसी सेनाको एउटा ठूलो लस्कर सुमीको पश्चिमतिरबाट राजधानी किएभतर्फ बढिरहेको बीबीसीले जनाएकाे छ। त्यसको नजिकै अवस्थित कोनोटोप सहरलाई पनि रूसी फौजले घेरा हालेको छ।

Heavy fight over Sumy, #Ukraine pic.twitter.com/MS581L22gQ

— Hanna Liubakova (@HannaLiubakova) February 25, 2022
प्रकाशित मिति: : 2022-02-25 13:05:00

प्रतिकृया दिनुहोस्