बिएल संवाददाता
हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले सहिद स्मारक ए डिभिजन लिग–२०७८ को अन्तिम खेलमा १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
बिहीबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा दोस्रो हाफमा दुबै टोलीले एक एक गोल गर्दै बराबरी खेलेका हुन्।बराबरसँगै फ्रेन्ड्सले १२औँ स्थानमा रहेर लिग टुंगाएको छ। १३ खेलबाट ११ अंक बनाएको फ्रेन्ड्स एक खेलअघि रेलिगेसन जोनबाट बचेको थियो।
यता, शेर्पा भने १३ खेलबाट १४ अंकसहित नवौँ स्थानमा छ। उसको भने स्थान टुंगो लागेको छैन । नेपाल पुलिसको खेलपछि शेर्पा र पुलिस दुबैको स्थान पक्का हुनेछ। खेलको ८७औँ मिनेटमा फ्रेन्ड्सका श्याम बाबु क्यापछकीले गोल गर्दै अग्रता दिलाए। तर, दुई मिनेट नबित्दै शेर्पाका विशोन गुरुङले बराबरी गोल फर्काए।
आज नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटो युथ क्लबले च्यासल युथ क्लबलाई १–० अन्तरले पराजित गर्यो।यस सिजनको लिग मछिन्द्र फुटबल क्लबले जितिसकेको छ भने ब्रिगेड ब्वाईज क्लब (बीबीसी) र च्यासल युथ क्लब दोस्रो डिभिजनमा घटुवा भएका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया