पलले सार्वजनिक गरे आफूमाथि षड्यन्त्र गर्नेहरूकाे नाम, पहिलो नम्बरमा दुर्गेश थापा [अडियाे]

अभिनेता पल शाहले आफूलाई षड्यन्त्र गरेर फसाउने खाेजेकाे बताउँदै बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् आफूलाई षड्यन्त्र गर्ने व्यक्तिहरूकाे नाम सार्वजनिक गरेका छन्। उनले सार्वजनिक गरेकाे सूचीको पहिलो नम्बरमा दुर्गेश थापा रहेका छन् भने त्यसपछि सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईं रहेका छन् । उनले दुर्गेशलाई साथी, सरोजलाई ठूल्दाई, कृष्णलाई भाइ भनेका छन्। 

उनले समीक्षा अधिकारीसँगकाे घटनामा आफू दाेषी नरहेकाे दाबी गर्दै बरू साथी र आफन्त मिलेर षड्यन्त्रमुलक किसिमले फसाउन खाेजिएकाे बताएका छन्।

केही दिनअघि मिडियामा प्रसारित अडियाे क्लिप गायिका समीक्षा अधिकारीद्वारा नियाेजित र षड्यन्त्रपूर्वक प्रसारण गरेको उनले बताएका छन्।

‘उक्त अडियो क्लिपमा भनिएअनुसार– पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो, हाम्रो सम्बन्ध २ वर्ष अगाडिदेखि भएको अनि १ वर्षपछि मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो, सथै घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो, लगायत विभिन्न सुन्न नसकिने कुराहरू भनिएकाे छ त्याे सबै गलत हाे,’ उनले फेसबुकमा लेखेका छन्,‘यसको प्रमाण म दिन गइरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला।’

पलविरूद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा एक नावालिग गायिकाले आफ्ना बाबुमार्फत् आफूमाथि जबर्जस्ती करणी गरेकाे भन्दै बुधबार उजुरी दिएकी छिन्। 

यस्ता छन्, उनले फेसबुकमा सार्वजनिक गरेका अडियाे क्लिपहरू:


 

पल शाहविरुद्ध बलात्कारको उजुरी, १० देखि १२ वर्षसम्म जेल सजाय हुने व्यवस्था

नायक पलविरुद्ध उजुरी दिएपछि गायिका समीक्षाले गराइन् मेडिकल चेकअप

उता पल शाहविरुद्ध उजुरी, यता ‘म यस्ताे गीत गाउँछु २’ धरापमा

पल शाहसँग नाम जोडिएका यी अभिनेत्रीहरू: काेही ‘आँप’ त काेही ‘पिएम’ जाेडी बनेर चर्चामा

प्रकाशित मिति: : 2022-02-24 08:37:00

प्रतिकृया दिनुहोस्