नायक पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गराएकी गायिका समीक्षा अधिकारीले मेडिकल चेकअप गराएकी छन्।
अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी छन्। त्यसलगत्तै उनले मेडिकल चेकअप गरेकी हुन्।
यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिन गएकी अधिकारीलाई घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो। सोही सुझाव अनुरुप अधिकारीले बुधबार तनहुँ प्रहरीमा उजुरी दिएकी हुन्।
एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको उनको आरोप छ। उनले तनहुँ शुक्लागण्डकी नपा वडा नं ९ दुलेगौडास्थित प्रदीप थापाको घर कोठामा अन्तिम पटक कसुर भएको दाबी गरेकी छिन्।
गायिका समीक्षा अधिकारीले आफ्नो मेडिकल चेकअप गराएकी छिन्। नायक पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबर्जस्ती करणी गरेको किटानी जाहेरी दिएलगत्तै उनले चेकअप गरेकी हुन्।
नायक पल शाहले हालै मिडियामा सार्वजनिक भएको एक अडियो रेकर्डमा ती गायिकासँगको सम्बन्धलाई स्वीकार गरेका छन् । ती गायिका गर्भवती नभएका कारण आफूले जिम्मा लिनु नपर्ने र आफ्नो अर्कै गर्लफ्रेन्ड रहेको अडियोमा पलको भनाइ सुन्न सकिन्छ । तर, पलले एक प्रेस विज्ञप्ती जारी गर्दै त्यो अडियोको आधिकारिकतामाथि प्रश्न उठाएका थिए ।
१८ वर्षभन्दा कम उमेरकी अधिकारीले शाहले आफूमाथि फकाएर करणी गरेको दाबी गर्दै आएकी छन्।