मङ्गलबार, ०९ सेप्टेम्बर २०२५

पल शाहसँग नाम जोडिएका यी अभिनेत्रीहरू: काेही ‘आँप’ त काेही ‘पिएम’ जाेडी बनेर चर्चामा

Breaknlinks
• • •

कलाकारहरु कहिले को'सँग त कहिलेसँग नाम जोडिएर विवादमा परिरहन्छन्। नेपालीमा पनि नायक नायिकाहरु समय–समयमा यस्तै झमेलामा परिरहन्छन्। त्यही शिलशिलाकाे केन्द्रमा अहिले अभिनेता पल शाह छन्। विगतमा विभिन्न अभिनेत्रीसँँग नाम जाेडिएर विवादमा परिरहने उनी अहिले गायिका समीक्षा अधिकारी सँगकाे सम्बन्धले हैरानीमा परेका छन्।

यसअघि पनि उनी विभिन्न अभिनेत्रीहरूसँग नाम जाेडिँदा हैरानीमा फस्नु परेकाे थियाे। उनी जुन अभिनेत्रीसँग रिलमा सम्बन्ध निभाउँछन्, रियलमा पनि त्यस्तै गर्ने दर्शककाे आराेप छ। यहाँ हामीले विगतमा अभिनेता पल शाहसँग नाम जाेडिएर चर्चामा रहेका अभिनेत्रीकाे बारे उल्लेख गरेका छाैँ।


प्रकृति क्षेष्ठ

को होला त्यो मसँग आँखा जुदाउँने ?

नचिनेनी मसँग अलि लजाउने ?

माथि समेटिएकाे गीतले कुनै बेला निक्कै चर्चा पाएकाे थियाे। जसमा पल र प्रकृतिकाे अभिनय गरेका थिए। यसपछि ‘ब्याक टु ब्याक’ गीतमा काम गर्दा पल र प्रकृतिको नाम जोडियो। कतिपयले उनीहरु प्रेम सम्बन्धमा रहेको समेत बताए।

प्रकृतिको बिहे भएसँगै भने उनीहरुको सम्बन्ध सेलाउँदै गयो। त्यसपछि पनि पलको नाम अरु नायिकासँग नाम जोडिन भने छाडेन्। उनको नाम चलेकौ नायिका सँग जोडियो।

आँचल शर्मा

‘नाई नभन्नु ल ४’ चलचित्रबाट सिनेजगतमा प्रवेश गरेकी अभिनेत्री हुन्, आँचल। उनले पहिलो फिल्ममा नै पलको प्रेमीका भएर चर्चा कमाइन्।

‘जोनी ज्यानटलम्यान’,‘शत्रु गते’ जस्ता फिल्ममा सँगै काम गरिसकेपछि उनीहरुलाई सबैले ‘आँप’ जोडिको रुपमा मन पराउन थाले। कतिले त उनीहरुको जोडी राम्रो भएको भन्दै विवाह गर्न समेत सुझाव दिन्थे। तर, आँचलले उदिप श्रेष्ठसँग विवाह गरिन्। आँचलको यो कदमले ‘आँप’ जोडिलाई हावामा उडायो र पलको नाम पुन: अर्की नायिकासँग जोडियो।

मालिका महत

केही समय अगाडि ‘फूल बुट्टे सारी’ले खुब तहल्का मचायो। यससँगै मालिका र पलको जोडिले पनि खुबै चर्चा लिए। सबैले ‘पि.एम जोडी इज बेस्ट’ ‘पि.एम जोडी इज बेस्ट’ भन्न थाले। कोही समय पल र मालिको नामले राम्रौ नाम कमायो। कयौं गीतहरुमा सँगै काम पनि गरे। तर, ‘हात्ती आयो हात्ती फुस्सा’ भयो। ‘पि.एम जोडी सुक्यो। पलको नाम अर्को मोडलसँग जोडियो।

गरिमा शर्मा

मालिकासँगको नाम हटेर पलको नाम पुन: गरिमा शर्मासँग जोडियो। ’१६ वर्षै उमेर’, ‘के यो माया हो’जस्ता थुप्रै गीतहरुमा सँगै काम गरिसकेपछि पल र गरिमाको सम्बन्धले बजारलाई तरङ्गीत बनायो। हरेक कार्यक्रममा सँगै देखिन थालेपछि र्दशकहरुले उनीहरुको सम्बन्धको अड्कल लगाए।

कोही समय सबैतिर उनीहरुले नै चर्चा बटुले। तर, पलले गरिमा र आफू साथी मात्र भएको भन्दै पञ्छिए। यतिले मात्र पुगेन पललाई पुन: नाम जोडाउन तयार भए। उनको नाम गायिकासँग जोडियो।

समीक्षा अधिकारी

पछिल्लो समय उत्कृष्ट गीतहरु गाएर चर्चामा आएकी गायिका हुन्, समिक्षा। सानै उमेर पाएको यो उपलब्धी समीक्षाको लागि खुसीको कुरा हो। तर, पलसँग नाम जोडिएपछि भने उनी विवादमा मुछिइन्। पछिल्लो समय उनीहरु एकअर्काेलाई आरोप लगाउँदै र्दशकका सहानुभूति बटुल्न निकै सफल छन्। समीक्षा कहिले पललाई अभिभावक जस्तो मानेको छु, त कहिले पल बिना बाँच्न नसक्ने भन्दै सामाजिक सञ्जालमा गुनगुनाइरहन्छिन्। यता पल भने आफनै सहकर्मीले आफूविरुद्ध भड्काएको बताउछन्।

(पल शाहसँग नाम जाेडिएर चर्चामा आएका माथि उल्लेखित अभिनेत्रीहरूबारे गसिपमा चर्चा गरिएकाे छ।)

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!