प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ। सैनिक स्रोतका अनुसार प्रधानमन्त्री देउवा प्रधानसेनापति शर्मालाई भट्न साढे ११ बजेतिर सैनिक मुख्यालय जंगीअड्डा पुगेका हुन्।
संघीय संसदको तल्लो सदनमा ‘टेबल’ भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता भोलिको बैठकमा अघि बढाउने प्रधानमन्त्री देउवाको तीव्र तयारी छ।
सोही योजनाअनुरुप उनले आजै सत्ताघटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दूतका रुपमा गृहमन्त्री बालकृष्ण खाँणलाई प्रचण्डनिवास खुमलटार हुँदै एमाले अध्यक्ष केपी शर्मा ओलीनिवाट बालकोटसम्म पुगेका हुन्।
एमसीसी विवाद र मुलुकको पछिल्लो राजनीतिक अवस्थाको रिपोर्टिङ सुनेपछि उनले नेपाली सेनालाई ‘हाई अलर्ट’मा रहन निर्देशन दिएको स्रोतले जनाएको छ।
सरकारले एमसीसी सम्झौता पारितका गर्नका लागि प्रतिनिधिसभा पेशागतै देशभर सडक आन्दोलन जारी छ। एमसीसीविरुद्ध प्रदर्शन चर्किँदै गएपछि सम्भावित सुरक्षा चुनौतीबारे प्रधानसेनापतिसँग संवाद गर्न प्रधानमन्त्री जंगीअड्डा पुगेको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ।
प्रधानसेनापति शर्मासँग झण्डै डेढ घण्टा वार्तापछि प्रधानमन्त्री देउवा बालुवाटार फर्किएका छन्।