ठूलो राजनीतिक ध्रुवीकरणबीच असमान महाकाली सन्धि ४ असोज ०५३ को मध्यराति संसद्बाट अनुमोदन गरियो, तर २५ वर्ष बित्दा पनि कार्यान्वयन भएन। एमसिसी अनुमोदन भए कार्यान्वयन होला–नहोला, तर समाजलाई त्यसैगरी ध्रुवीकरण गरेको छ।
६ महिनामा बनाउने भनिएको पञ्चेश्वरको डिपिआर २५ वर्षसम्म पनि बनेन
महाकाली सन्धिअन्तर्गतकै पञ्चेश्वर विकास जलविद्युत् प्राधिकरण निर्माणको सम्झौता पनि अलपत्र छ। ६ महिनाभित्रै पञ्चेश्वरको डिपिआर तयार पार्ने, एक वर्षमा लगानी जुटाउने र आठ वर्षमा परियोजना सम्पन्न गर्ने सन्धिमा उल्लेख छ। तर, २५ वर्ष बित्दा पनि डिपिआरले पूर्णता पाएको छैन।