बिएल संवाददाता
भारतीय सीमा सुरक्षा बल एसएसबीले दार्चुलाको व्यास गाउँपालिका क्षेत्रमा महाकाली नदीमाथि लगाइएका तुइनहरु हटाएको छ।
विगत तीन दिन देखि तुइन हटाएर तुइन लगाएको क्षेत्रमा एसएसबीले दैनिकरूपमा ड्युटी गर्न थालेको व्यास गाउँपालिका वडा नं ४ का स्थानीय एवं वडा सदस्य प्रेमसिह धामीले बताए।
दार्चुला सदरमुकाम खलंगा बजार आवत जावत गर्न व्यासका स्थानीयले महाकाली नदीमाथि तुइन तरेर भारतीय सडकको प्रयोग गर्ने गरेका छन्। नेपालतर्फ राम्रो सडक नहुदाँ भारतीय बाटो प्रयोग गर्न स्थानियहरु बाध्य रहेको वडा सदस्य धामीले बताए।
'नेपालको बाटो भएर सदरमुकाम झर्न एक दिन हिँड्नुपर्छ' उनले भने। तत्काल अस्पताल पुगाउनुपर्ने बिरामी देखि दैनिक उपभोग्य समान किनमेल गर्न भारतको बाटो प्रयोग गर्नुपर्ने अवस्थाले पछिल्लो समय तुइन हटाइँदा समस्या भएको छ। मलघट्टेको पुल निर्माण सम्पन्न भएकाले जनताको सहजताका लागि सञ्चालनमा ल्याइनुपर्ने उनको भनाइ छ। केही व्यक्तिहरु गेट बन्द गरिएको पुलबाट हाम फालेर आवत जावत गरिरहेकाले यसले झन दुर्घटनाको जोखिम निम्त्याएको छ।
एसएसबीले तुइन हटाएको विषयमा आफू जानकार नभएको सशस्त्र प्रहरी बल ४४ नम्बर गण दार्चुलाका गणपति एसपी त्रिभुवन विष्टले बताए।
व्यास गाउँपालिकाको वडा नं ४ मलघट्टे र वडा नं ६ को बडुगाउँमा नेपाल भारत जोड्ने झोलुङ्गेपुलको निर्माण कार्य सम्पन्न भएको छ। निर्माण कार्य सकिँदा समेत पुलहरु सञ्चालनमा आएका छैनन्। वडुगाउँमा गत बर्ष पुल निर्माण सम्पन्न भएको थियो भने मलघट्टेमा अघिल्लो महिना पुल निर्माण सम्पन्न भएको छ।
दार्चुलाको महाकाली नदीमा तुइन मुक्त कार्यक्रम अन्र्तगत चारवटा सीमापुल निर्माण भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो। चारपुल मध्ये दुई पुल निर्माण सम्पन्न हुन बाकिँ छन्। पुलहरु प्याकेजमा सञ्चालन गरिने भएकाले निर्माण सम्पन्न भएपनि सञ्चालन गर्न नसकिएको उहाँको भनाई छ। एक प्याकेजमा मालिकार्जुन गाउँपालिकाको बाकु पुल र बडुगाउँ पुल तथा अर्काे प्याकेजमा व्यास गाउँपालिका २ मा निर्माण भइरहेको भारतको गस्कु र नेपालको माल जोड्ने पुल तथा मलघट्टे पुल रहेका छन्। एउटै प्याकेजमा रहेकापुलहरु निर्माण सम्पन्न भएपछि संगै सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी उपाध्यायको भनाई छ।
बडुगाउँ पुल निर्माण सम्पन्न भएपनि बाकुँ पुल निर्माण सम्पन्न हुन बाकि छ। त्यसैगरि मलघट्टेको पुल निर्माण सम्पन्न भएपनि मालको पुल निर्माणधिन अवस्थामा रहेकाले सीमापुलहरु सञ्चालन हुन केहि समय पर्खिनुपर्ने अवस्था छ।
एसएसबीले तुइन हटाएको विषयमा आफु जानकार नभएपनि तुईन हटाइनुपर्ने प्रमुख जिल्ला अधिकारी उपाध्यायको भनाइ छ। ‘तुइन जोखिम र असुरक्षित भएकाले हटाइनुपर्छ, तर हाल एसएसबीले तुइन हटाएको विषयमा जानकार छैन’ उनले भने। बिरा दत्त भट्ट
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया