सोमबार, १५ डिसेम्बर २०२५

पोखरा विश्वविद्यालयको दीक्षान्त सम्पन्न, नेकलाई स्वर्ण 

News Image
• • •

पोखरा विश्वविद्यालयको आइतबार सम्पन्न सत्रौं दीक्षान्त समारोहमा नेपाल इन्जिनियरिङ कलेज (नेक) का स्नातकोत्तर कार्यक्रममा विद्यार्थी सुभाषकुमार दत्तले स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन्।

नेकका सञ्चालित स्नातकोत्तर कार्यक्रम एमएस्सी ट्रान्सपोर्टेसन इन्जिनियरिङ एण्ड मानेजमेन्टका विद्यार्थी दत्तले सर्वोत्कृष्ट जि.पि.ए.(४ मा ४) ल्याउन सफल भई स्वर्ण पदक प्राप्त गरेका हुन्। 

पोखरा विश्वविद्यालयको सम्बन्धनमा नेपाल इन्जिनियरिङ कलेजमा सञ्चालित विभिन्न स्नातक कार्यक्रमहरूमा उत्कृष्ट जि.पि.ए. ल्याउन सफल २६ जनाविद्यार्थीहरूलाई पनि पोखरा विश्वविद्यालयको सत्रौं दीक्षान्त समारोहमा डीन लिष्टमा समावेश गरिएको छ।

डीन लिष्ट र स्वर्ण पदक प्राप्त गर्न सफल सबै विद्यार्थीहरूलाई काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न दीक्षान्त समारोहमा पोखरा विश्वविद्यालयका उपकुलपतिबाट प्रमाणपत्र हस्तान्तरण गरियो। कार्यक्रममा पोखरा विश्वविद्यालयका कुलपति प्रधानमन्त्री शेरबहादुर देउवा र सहकुलपति शिक्षा मन्त्रीदेवेन्द्र पौडेल भने अनुपस्थित थिए। 

कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले पोखरा विश्वविद्यालयले सञ्चालन गर्ने प्रत्येक दीक्षान्त समारोहमा नेपाल इन्जिनियरिङ कलेज (नेक) का विद्यार्थीहरूले स्वर्ण पदक हासिल गर्न सफल हुँंदै आएको जानकारी गराए। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!