बिएल संवाददाता
एमसीसी नेपालका लागि उत्तम बाटो हो कि हैन भन्ने निर्णय नेपाली जनता र नेपालका नेताहरूले नै गर्नुपर्ने विचार नेपालका लागि अमेरिकाका पूर्वराजदूत स्कट डेलिसीले व्यक्त गरेका छन्। उनले यो विचार ब्रेक एन लिंक्सका लागि बबिता प्रधान श्रेष्ठलाई दिएको एक विशेष अन्तर्वार्तामार्फत् सार्वजनिक गरेका हुन्।
प्रधान ब्रेक एन लिंक्समा ‘बबल्स विथ बबिता’ टक शो लिएर आउँदैछिन्। टक शो ब्रेक एन लिंक्सको युट्युव च्यानलमार्फत् सम्प्रेषण हुनेछ।
अन्तर्वार्ताका क्रममा पूर्वराजदूत डेलिसीले एमसीसी ठूलो बहसको विषय भएको बताउँदै आफू त्यो बहसमा सम्मिलित हुन नचाहेको बताएका छन्। उनले एमसीसी धेरै राजनीतिमा फसेको बताउँदै अगाडि भनेका छन्,‘मलाई आजकाल राजनीतिमा संलग्न हुने कुनै रहर छैन।'
एमसीसी कम्प्याक्टको सन्दर्भमा संयुक्त राज्य अमेरिका जे गर्न तयार छ त्यो देख्दा धेरै गर्व लागेको बताउँदै पूर्वराजदूत डेलिसीले भने,'हामी नेपालको राम्रो साझेदार बन्न चाहन्छौं, हामी गरिबी निवारणमा मद्दत गर्न चाहन्छौं, हामी नेपालको लागि बलियो भविष्य निर्माण गर्न मद्दत गर्न चाहन्छौं।'
एमसीसीका बारेमा नेपाली जनताले जे रोज्छन् त्यही हुने बताउँदै उनले अगाडि भने,'हामीले एउटा कार्यक्रम प्रस्ताव गरेका छौं जुन मलाई विश्वास छ कि एक बलियो कार्यक्रम हो र यसले अर्थ दिन्छ। र, मलाई यो पनि थाहा छ कि यो धेरै राजनीतिमा फसेको छ। त्यसैले म धेरै बहस गर्न चाहन्न।'
नेपालको हित केले हुन्छ, त्यो निर्धारण गर्ने काम आफ्नो नभएको बताउँदै अर्को एक प्रश्नको उत्तरमा पूर्वराजदूत डेलिसीले भने,‘म मेरो सहकर्मी राजदूत ब्यारी र वाशिंगटनमा हाम्रा नेताहरू र उनीहरूका नेपालका समकक्षीहरूसँग भएको कुराकानीमा विश्वास गर्छु।'
उनले आफू यो प्रक्रियामा संलग्न नभएको बताउँदै अगाडि भने,‘यो सरकारबीचको कुराकानी हो, र म कुराहरू गरेर थप जटिल छलफल गर्न चाहन्न।'
नेपालसँग आफू गहिरो प्रेममा परेको बताउने पूर्वराजदूत डेलीसी २०१० देखि २०१२ सम्म नेपालका लागि अमेरिकी राजदूत थिए। आफ्नो कार्यकाल सकिएपछि पनि उनी नेपालको विकास निर्माणमा कसरी सहयोग गर्न सकिन्छ भनेर लागिपर्दै आएका छन्। त्यसका लागि उनले शोरवे फाउण्डेसनमार्फत गतिविधिहरू अगाडि बढाइरहेका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया