रुसमा थप एक लाख ८० हजार सङ्क्रमित

Symbolic photo
Symbolic photo

रुसमा कोरोना भाइरसबाट थप एक लाख ८० हजार भन्दा बढी नयाँ सङ्क्रमित भएका छन्। 

सरकारी अधिकारीहरूले पछिल्लो २४ घण्टामा एक लाख ८० हजार ७१ जना नयाँ सङ्क्रमित भएको जानकारी दिएका हुन।

उनीहरूका अनुसार सोही अवधिमा अरु ७८४ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको छ।

यसअघि एकैदिनमा एक लाख ८० हजार ६२२ जना नयाँ सङ्क्रमित भएका थिए भने ७९० जनाको मृत्यु भएको थियो।

पछिल्लो एक दिनमा एक लाख ९८ हजार ३६९ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्।

एकै समयमा नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको देखिएको छ।

 

प्रकाशित मिति: : 2022-02-18 20:37:00

प्रतिकृया दिनुहोस्