बिएल संवाददाता
आईसीसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले आयोजक ओमानमाथि ३९ रनको जित हात पारेको छ।
ओमानकाे अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान निर्धारित १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा समेटियो।
ओमानका लागि नसिम खुसीले २४ रन, आमिर कलिमले ९, जातिन्दर सिंहले ९, खबर अलीले ७, फयाज बटले ६, कलिमुल्लाहले ५, अयान खानले ३, जिसन मक्सुदले २ र सोएब खानले १ रन बनाए।
नेपालका कमल सिंह ऐरीले सर्वाधिक तीन तथा कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान दुई–दुई विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाए। उनले ३७ बलमा २ चौका प्रहार गरे। यस्तै कप्तान सन्दीप लामिछानेले ७ बलमा १६ रन बनाए।
त्यस्तै लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्र सिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ र कमल सिंह ऐरीले १ रन बनाए।
ओमानका खवार अलीले सर्वाधिक ३ विकेट हात पारे।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया