प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भट्न बालकोट पुगेका छन्।
सत्तारूढ गठबन्धन बैठक सकिएलगत्तै देउवा ओलीलाई भेट्न गएका हुन्। सत्ता गठबन्धनका नेताहरूबीचको बैठक सकरात्मक नभएपछि देउवा बालकोट पुगेको बताइएको छ।
एमसिसी संसद्मा टेबल गर्ने विषयमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा आआफ्नै अडानमा भएपछि समस्यामा परेका प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दलका नेतालाई भेट्न पुगेका हुन्।
अहिले देउवा र ओलीबीच बालकोटमा सम्बाद जारी रहेको बताइएको छ।
पाँच दलीय गठबन्धनको बैठक कुनै ठोस निष्कर्श बिनै सकिएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल भएकाे बैठकमा सहभागी एक नेताले बताएका छन्।
कुनै निष्कर्शमा पुग्न नसकेपछि बैठक शुक्रबार बिहान १० बजे पुन: बस्ने गरी सकिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन्। एमसीसीका विषयमा ठोस धारणा बनाउन बसेको बैठक कुनै टुंगोमा पुग्न नसकेरै सकिएको हो।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाले दिएको फेब्रुअरी २८ सम्म निष्कर्षमा पुर्याउनुपर्ने प्रस्ताव गरेकाे सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनाएका छन्। उनले बैठकमा संसदलाई कसरी सुचारु गर्ने, एमसीसीलाई सार्वभौम संसदमा कसरी निष्कर्षमा पुर्याउने भन्नेबारे छलफल भएको जनाएका छन्। उनले १६ गतेसम्म एमसीसीलाई निष्कर्षमा पुर्याउने गरी छलफल हुने बताएका छन्।
एमसीसीबारे निर्णायक छलफलका रुपमा हेरिएको बैठकको बिना निष्कर्ष टुंगिएको छ। बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी पास गर्ने अडान कायमै राखेका छन्।