बाबुरामको विश्लेषण : प्रचण्ड ढुलमुले, ओली बचनका पक्का

रातोपाटी

अरुण बराल

 

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली वचनका पक्का भएकाले एमसीसीको पक्षमा उभिने आशा व्यक्त गरेका छन्। माओवादी अध्यक्ष प्रचण्डले आफ्नो ढुलमुले स्वाभाव सच्याउनुपर्ने र एमसीसीलाई समर्थन गर्नुपर्ने डा. भट्टराईको सुझाव छ।

एमसीसी सम्झौताको पक्षमा दृढतापूर्वक उभिँदै आएका पूर्व प्रधानमन्त्री भट्टराईले बिहीबार रातोपाटीसँगको अन्तरवार्ता भने, ओलीजीको मनपर्ने कुरा उहाँले आँटेपछि गर्नुहुन्छ, दोहोरो कुरा गर्नुहुन्न। हुन्छ भने हुन्छ, हुन्न भने हुन्न। मेरो आशा छ, केपीजीले ठीक अडान लिएर एमसीसी पारित गर्न मद्दत गर्नुहुन्छ।’

त्यसैगरी माओवादी अध्यक्ष प्रचण्डलाई सुझाव दिँदै पूर्वमाओवादी नेता डा. भट्टराईले भने, ‘मेरा परम मित्र प्रचण्ड एमसीसीको हकमा पनि ढुलमुल गरिरहनुभएको छ। उहाँको स्वभाव नै त्यस्तो। स्पष्ट धारणा नबनाउने, कता फाइदा हुन्छ, कता धेरै मान्छे छन्, त्यतैको पक्ष लिएर आफू पदमा बसिरहने। उहाँ चौथोचोटि ब्लन्डर गर्दै हुनुहुन्छ। यो चौथो गल्ती नगर्नुहोस्। गर्नुभयो भने उहाँलाई मात्र होइन, देशकै निम्ति ठूलो सङ्कटको विषय बन्न सक्छ। त्यो दोषको भागिदारी उहाँ बन्नुपर्ने हुनसक्छ।’

प्रकाशित मिति: : 2022-02-17 15:23:00

प्रतिकृया दिनुहोस्