चुनाव लड्न राजीनामा गर्नुपर्ने व्यवस्थामा जनप्रतिनिधि असन्तुष्ट– मन्त्रीलाई चैन, हामीलाई ऐन ?

लोकान्तर

अजय अनुरागी

स्थानीय तहका बहालवाला जनप्रतिनिधिले आसन्न स्थानीय निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने कि नपर्ने भन्ने विषयमा बहस उत्पन्न भएको छ ।पदमा बहाल रहेर उम्मेदवार बन्न नपाउने कानूनी व्यवस्था भएपनि जनप्रतिनिधि भने त्यसो गर्दा ५ वर्षे कार्यकाल पूरा गर्न पाउनुपर्ने आफूहरूको संवैधानिक  अधिकार हनन् हुने जिकिर गर्छन् ।

अर्कातिर संविधानले स्थानीय सरकारको रिक्तता परिकल्पना नगरेकाले पनि पदमै रहेर उम्मेदवार बन्न पाउनुपर्ने उनीहरूको तर्क छ ।

प्रकाशित मिति: : 2022-02-16 16:40:00

प्रतिकृया दिनुहोस्