सोमबार, १५ डिसेम्बर २०२५

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

symbolic photo
• • •

म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

भूमे गाउँपालिका–४ करालबगरमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। 

मङ्गलबार बेलुकी करिब ६ बजेको समयमा भूमेबाट रुकुमकोटतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा भूमे–८ का १९ वर्षीय सुनिल रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले जानकारी दिए।

रा१च ३२४५ नंको ट्र्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका रोकाको उपचारका लागि दाङ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। घाइते हुनेमा ट्र्याक्टर चालकसहित चारजना रहेको छन्। 

प्रहरी निरीक्षक बानियाँका अनुसार अर्का भूमे–८ कै १९ वर्षीय सुन्दर रोकाको दाङमा उपचार भइरहेको छ।
 
बाँकी तीनजनाको उपचार जिल्लास्थित अस्पतालमै भइरहेको बानियाँले बताए। 

ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक बानियाँको भनाइ छ। ट्याक्टर सडकदेखि अन्दाजी ३०० मिटर तल खसेको थियो।
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!