एमालेले आजकाे संसद बैठक अवरोध गर्ने

File Photo
File Photo

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आज तय भएको प्रतिनिधिसभा बैठक अवरोध गर्ने भएको छ। बैठक दिउँसाे १ बजे बस्दैछ।

एमालेले निष्कासन गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै संसद अवरोध गर्दै आएको एमालेले आज पनि निरन्तरता दिने भएको हो।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने, ‘एमालेले निष्कासन गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेसम्म हाम्रो विरोध हिजो पनि थियो, आज पनि रहने छ।’

सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। एमालेका माग कार्यव्यवस्था समितिलाई जानकारी गराइने नेम्वाङले बताए। एमसीसीको विषयमा भने एमाले ‘पर्ख र हेर’को अवस्थामा छ।

प्रकाशित मिति: : 2022-02-16 10:52:00

प्रतिकृया दिनुहोस्