‘अमेरिका एमसिसी पास गराएर नेपाललाई चीनविरोधी क्याम्पमा लान चाहन्छ’

थाहा खबर

काठमाडौं

अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) लाई लिएर राजनीतिक दलहरूले आ-आफ्नो स्वार्थको सौदाबाजी गरिरहेका छन्।

यही बीचमा सरकारले एमसिसी अगाडि बढाउने तयारी गरिरहेको छ।

एमसिसी जस्ताको तस्तै संसद्‌बाट पास गर्न हतारो गरिरहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, मौन बसेका एमाले अध्यक्ष केपी ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पनि एमसिसीलाई आफ्नो स्वार्थको रूपमा प्रयोग गरेका छन्। 

पाँच दलीय सत्ता गठबन्धनमै एमसिसीको मतभेद छ। प्रधानमन्त्री देउवाले एमसिसी अगाडि बढाउन प्रयत्न गरिरहेका वेला प्रचण्ड–माधवको संशोधनको अडानले पाँच दलीय सत्ता गठबन्धनमै खटपट भएको छ।

गठबन्धनमा एमसिसीको विवाद चलिरहेका वेला सबैको नजर सभामुख अग्निप्रसाद सापकोटामाथि परेको छ। 

एमसिसी बहस चुलिएका वेला सत्ता गठबन्धनको तर्फबाट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध महाभियोग दर्ता भएको छ।

प्रकाशित मिति: : 2022-02-16 09:00:00

प्रतिकृया दिनुहोस्