कोरोना नियन्त्रणमा दाताको सहयोगः एक खर्ब ५ अर्बको प्रतिवद्धता, ७३ अर्ब ३५ करोड खर्च

File photo
File photo

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि दातृ निकायले नेपाललाई ठूलो रकम उपलब्ध गरेको पाइएको छ।

अर्थ मन्त्रालयका अनुसार कोरोना महामारी सुरु भएयता अर्थात २०७६ चैत ११ गतेयता हालसम्म बिभिन्न दातृ निकायले कोरोना रोकथाम तथा नियन्त्रण गर्न नेपाललाई ८७ करोड १५ लाख ४४ हजार ३७ (अमेरिकी डलर ९१ खर्ब ५ अर्ब २१ करोड ३५ लाख ३३ हजार ५८१ रुपैयाँ) उपलब्ध गर्ने प्रतिबद्धता जनाएका छन्। प्रतिबद्धता जनाएकोमध्ये हालसम्म ६० करोड ७६ लाख ८० हजार ३०४ (अमेरिकी डलर ७३ अर्ब ३५ करोड ९६ लाख ५२ हजार ४४३ रुपैयाँ) कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च भइसकेको छ। 

दातृ निकायले उपलब्ध गरेकोमध्ये ठूलो रकम सरकारको बजेट मार्फत खर्च भएको छ। दातृ निकायले ७५ करोड २४ लाख ११ हजार ८५ अमेरिकी डलर ९९० अर्ब ८३ करोड १६ लाख ६८ हजार ११० रुपैयाँ नेपालको बजेट मार्फत खर्च गर्नेगरी उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए।दातृ निकायले नेपालको बजेट मार्फत उपलब्ध गरेको रकममध्ये हालसम्म ४९ करोड ८९ लाख ३८ हजार ११७ (अमेरिकी डलर ९६० अर्ब २३ करोड २२ लाख ८ हजार ६३४ रुपैयाँ) खर्च भइसकेको छ । 

अर्थका अनुसार दातृ निकायले नेपालमा कोरोना रोकथाम तथा नियन्त्रण गर्न बजेट बाहिरबाट ११ करोड ९१ लाख ३३ हजार २८४ अमेरिकी डलर ९१४ अर्ब ३८ करोड १८ लाख ६५ हजार ३५१ रुपैयाँ० उपलब्ध गर्ने प्रतिबद्धता जनाएका थिए।बजेट बाहिरबाट उपलब्ध गराउने प्रतिबद्धता गरेको रकममध्ये हालसम्म १० करोड ८७ लाख ४२ हजार १८६ अमेरिकी डलर ९१३ अर्ब १२ करोड ७४ लाख ४३ हजार ६८७ रुपैयाँ० खर्च भइसकेको छ ।

नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणमा सबैभन्दा ठूलो आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउने दातृ निकायमा एसियाली विकास बैंक (एडीबी०, अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफ), अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी), इन्टरनेसनल डेभलपमेन्ट एसोसिएशन, डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलपमेन्ट, राष्ट्रसंघीय बाल कोष, जर्मन डेभलपमेन्ट कोअप्रेसन, सेभ द चिल्ड्रेन, स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअप्रेसन र फिनिस इभान्जेलिकल लुथ्रन मिसन नेपाल रहेका छन्।

दाताले उपलब्ध गरेको सहायताबाट कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धि १६६ वटा परियोजना सञ्चालन गरिएको छ। सञ्चालन गरिएको परियोजनामध्ये १५ वटालाई नेपाल सरकारको बजेट माफर्त र १५१ वटालाई बजेट बाहिरबाट रकम उपलब्ध गरिएको छ।एडीबीले नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रण गर्न हालसम्म ४१ करोड ८० लाख अमेरिकी डलर उपलब्ध गर्ने प्रतिबद्धता जनाएको छ, जसमध्ये २५ करोड करोड अमेरिकी डलर उपलब्ध गरिसकेको छ। 

आइएमएफले २१ करोड ४० लाख अमेरिकी डलर उपलब्ध गर्ने प्रतिबद्धता जनाएको थियो। प्रतिबद्धता जनाएको सबै रकम आइएमएफले उपलब्ध गरिसकेको छ।युएसएआइडीले कोरोना रोकथाम तथा नियन्त्रण गर्न नेपाललाई ४ करोड २७ लाख २५ हजार १८४ अमेरिकी डलर उपलब्ध गरिसकेको छ । इन्टरनेसनल डेभलपमेन्ट एसोसिएशनले १० करोड ४० लाख अमेरिकी डलर उपलब्ध गर्ने घोषणा गरेकोमा २ करोड २५ लाख ५० हजार डलर खर्च गरिसकेको छ। 

अर्थ मन्त्रालयका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणको लागि डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलपमेन्टले दिएको एक करोड ३० लाख ५४ हजार ८६४ अमेरिकी डलर, राष्ट्रसंघीय बाल कोषले दिएको एक करोड ११ लाख ७३ हजार ९७१ अमेरिकी डलर, जर्मन डेभलपमेन्ट कोअप्रेसनले दिएको एक करोड ९ लाख ६८ हजार अमेरिकी डलर, सेभ द चिल्ड्रेनले दिएको ७१ लाख ४८ हजार ९७ अमेरिकी डलर, स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअप्रेसनले दिएको ६९ लाख ७८ हजार १९२ अमेरिकी डलर र फिनिस इभान्जेलिकल लुथ्रन मिसन नेपालले दिएको ६९ लाख ६ हजार ७३१ अमेरिकी डलर खर्च भइसकेको छ। 

प्रकाशित मिति: : 2022-02-15 17:26:00

प्रतिकृया दिनुहोस्