लाेकराज भट्टद्वारा लिखित ‘छाइल’ उपन्यासकाे आवरण लाेकार्पण

शनि शाक्य

काठमाडौं

साहित्यकार लोकराज भट्टद्धारा लिखित उपन्यास ‘छाइल’को आवरण (कभर) लोकापर्ण भएको छ। उपन्यासकाे आवरण काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच लोकापर्ण गरिएको हो।

बुक हिमालयले प्रकाशन गर्न लागेकाे यस उपन्यासले सुदूरपश्चिम प्रदेशकाे इतिहास, संस्कृति, सहनसहन र स्वाभिमानकाे छाइललाई उजिल्याउने जमर्काे गरेकाे छ। यस उपन्यासमा सुदूरपश्चिम गाउँका एक युवाकाे सपाना र संघर्षकाे कथा रहेकाे छ।

डाेटेली भाषामा ‘छाइल’काे अर्थ छाया (छाँया) हुन्छ। याे उपन्यास डाेटेली सभ्याताकाे छायाँ भएकाे लेखक भट्टले बताए।

आफू जन्मिएकाे माटाेप्रति एउटा लेखकले कतिसम्म समर्पण गर्न सक्छ भन्ने कुरा यस उपन्यासमा रहेकाे उपन्यासका सम्पादक राजकुमार बानियाँले बताए।

‘अर्गानिक भन्ने शब्द अहिले धेरै सस्ताे भएकाे छ। तर, बास्तविक अर्गानिक के हाे भन्ने कुरा यसमा भेटिन्छ,’ बानियाँले कार्यक्रमकाे सम्बाेधनका क्रममा भने,‘यसमा डाेटेली भाषाकाे राम्राे प्रयाेग भएकाे छ। जहाँ गाउँकाे आनन्द र सुवास भेटिन्छ।’

उपन्यासमा सुदूरपश्चिम क्षेत्रमा रहेका तर नदेखिएका कुराहरू भएकाे उनकाे दाबी छ।

बुक हिमालयले पहिलाे पटक उपन्यास प्रकाशन गर्न लागेकाे हाे। काेराेना महामारीकाे समयमा स्थापित याे प्रकाशन गृहले दर्जनाैँ नियात्रा, जीवनी, निबन्ध तथा बाल साहित्यका किताबहरू प्रकाशन गर्दै आएकाे थियाे।

‘छाइल’ उपन्यास फागुन महिनाभित्रै बजारमा ल्याउने तयारी रहेकाे बुक हिमालयका निर्देशक पवन शाक्यले बताएका छन्।

प्रकाशित मिति: : 2022-02-15 16:44:00

प्रतिकृया दिनुहोस्