बिएल संवाददाता
लमजुङको राइनास नगरपालिका–९, मोहोरियाकोटमा वीर भक्ति थापा पार्क निर्माण गरिएको छ।
राष्ट्रिय विभूति एवं वीर पुरुष भक्ति थापाको उच्च सम्मान र पर्यटकीय आकर्षणको केन्द्र बनाउनका लागि ऐतिहासिक स्थल राइनास मोहोरियाकोटमा ‘भक्ति थापा पार्क’ निर्माण गरिएको राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापाले बताए।
भक्ति थापाको सम्मानका साथै ऐतिहासिक राइनास मोहोरियाकोटलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने उद्देश्यले पार्क निर्माण गरिएको हो। उनका अनुसार ५ रोपनी क्षेत्रफल जमिनमा रहेको पार्कमा भक्ति थापाको ३० फिट अग्लो शालिक निर्माण गरिएको छ। शालिकले यहाँ आउने सबैको ध्यान खिच्ने गरेको छ। पार्कको सम्पूर्ण डिपिआर ३ करोड ९९ लाख रुपैयाँ रहेको उल्लेख गर्दै हालसम्म ८२ लाख रुपैयाँ खर्च भएको बताए।
भक्ति थापा विसं १९७१ मा नेपाल–अंग्रेज युद्धको बखत नेपालका वरिष्ठ सैनिक थिए। देउथलमा अंग्रेजविरुद्ध तरबारसहित तीनसय सेना लिएर युद्ध गरेका थापाको अंग्रेजको गोली लागेर निधन भएको थियो। अंग्रेज सेनाले गोर्खाली सेनाको वीरताको कदर गर्दै थापाको शवमा दोसल्ला ओढाएर सम्मानका साथ अमरसिंह थापालाई बुझाएको इतिहास छ। उनी लमजुङस्थित पुँवर थापा परिवारमा जन्मीएका हुन्। १८७८ मा ७३ वर्षको उमेरमा नेपाल अंग्रेज युद्धमा देउथलको लडाइँको नेतृत्व गरेका थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया