चोलेन्द्र अघि दुई प्रधान न्यायाधीशविरुद्ध पनि दर्ता भएका थिए महाअभियोग, देउवा चाहिँ सबैमा जोडिए

पहिलोपोष्ट

काठमाडाैँ

अप्रत्यासित हिसाबमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आज संसदमा महाअभियोग दर्ता भयो। मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)मा अल्झिरहेको सत्ता गठबन्धनले एकाएक जबरा विरुद्ध महाअभियोग दर्ता गरे पनि यस विषयको टुङ्गो कसरी लाग्छ अहिले नै भन्न सकिने अवस्था छैन।

नेपालको राजनीतिक तथा कानुनी इतिहासमा संसदमा प्रधान न्यायाधीश विरुद्ध महाअभियोग दर्ता भएको यो तेस्रो प्रकरण हो। जबराभन्दा अघि दुई पटक प्रधान न्यायाधीशविरुद्ध यसैगरी महाअभियोग संसदमा दर्ता भए पनि ती दुवै सफल रहेनन्।

जति पटक प्रधान न्यायाधीशमाथि महाअभियोग दर्ता भए, ती सबैमा कुनै न कुनै हिसाबले राजनीति हावी भइरह्यो। महाअभियोगका तीन प्रकरण चलिरहँदा सत्ता नेतृत्व चाहिँ कांग्रेसले सम्हालेको देखिन्छ।

साथै, दुई महाअभियोग हुँदा देउवा प्रधानमन्त्री रहेका छन्। न्यायाधीश सुशीला कार्कीको महाअभियोग दर्तामा पनि उनी जोडिएका थिए - प्रहरी प्रमुख चयनको विषयलाई लिएर। कार्कीको महाअभियोग प्रकरण नेपाली कांग्रेसका लागि चुनावी असफलताको एउटा कारण समेत बनेको थियो। फेरि पनि चुनावकै मुखमा दर्ता भएको छ महाअभियोगको श्रृङ्खला।

प्रकाशित मिति: : 2022-02-13 16:58:00

प्रतिकृया दिनुहोस्