दक्षिण एसियामा आतंकवादको चुनौती

दक्षिण एसियामा उग्रवादी र आतंकवादी गतिविधिलाई प्रतिकार गर्न आजैदेखि यस क्षेत्रका राष्ट्रबीच सहकार्य हुनुपर्छ 

अफगानिस्तानबाट अमेरिकी र उसका मित्रराष्ट्रहरूको सेना फिर्ता भएपछि दक्षिण एसियामा आतंकवादी विस्तारको रणनीतिक वातावरणबारे चर्चा बढ्न थालेको छ। अमेरिकी सेना फिर्ता गर्ने राजनीतिक बहस विशेषतः सेप्टेम्बर २०२० मा दोहामा सुरु भएको अफगान सरकार र तालिबानबीचको शान्ति वार्तापछि भएको थियो। तालिबानले अफगानिस्तानभित्र आतंकवादलाई प्रश्रय नदिने ग्यारेन्टी गरेपछि अमेरिकाले आफ्नो सेना फिर्ता गर्ने सहमति जनाएको थियो। अमेरिकाको प्राथमिकता परिवर्तन भएको छ, चासोहरू परिमार्जन गरिएका छन् र जोखिम मूल्यांकन तथा तयारीको व्यग्रतामा परिवर्तन भएको छ।

प्रकाशित मिति: : 2022-02-08 09:56:00

प्रतिकृया दिनुहोस्