ब्राउन सुगरसहित दुईजना पक्राउ

लागूऔषध ब्राउन सुगरसहित प्रहरीले काठमाडौंको कपनबाट दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा बस्‍ने २२ वर्षीय पासाङ छिरिङ शेर्पा र भिमदत्त नगरपालिका महेन्द्रनगर स्थाइ घर भई बुढानीलकण्ठ नगरपालिका १० कपन आकासेधारा बस्‍ने २७ वर्षीय खगेस खत्री रहेका छन्।

महानगरी प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले उनीहरूलाई सोमबार ६ ग्राम ब्राउ सुगरसहित पक्राउ गरेको हो। उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत बौद्धले जनाएको छ।

प्रकाशित मिति: : 2022-02-07 21:01:00

प्रतिकृया दिनुहोस्