स्थानीय तह निर्वाचनकाे मिति घाेषणा गरेकाे सरकारलाई एमाले महाेत्तरीकाे धन्यावाद

आगामी वैशाख ३० गते स्थानीय तहकाे निर्वाचन गर्ने सरकारकाे निर्णयप्रति महाेत्तरी एमाललेले सरकारलाई धन्यवाद दिएकाे छ।

‘चुनाव समयमै गर्नुपर्छ भन्ने माग एमालेकाे थियाे,’ एमाले महाेत्तरीका अध्यक्ष टेकबहादुर बलम्पाकीले भने,‘हाम्राे पार्टीकाे माग पूरा भएकाे छ। जिल्ला पार्टीकाे तर्फबाट म सरकारलाई धन्यवाद दिन चहान्छु।’

आज (साेमबार) बसेकाे मन्त्रीपरिषद् बैठकले स्थानीय तहकाे चुनाव २०७९ वैशाख ३० मा एकै चरणमा गर्ने निर्णय गरेकाे हाे।

एमाले केन्द्रीय सदस्य समेत रहेका अध्यक्ष बलम्पाकीले जिल्लाका सबै एमाले नेताकार्यकर्तालाई स्थानीय चुनावकाे तयारीमा जुड्न आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2022-02-07 17:31:00

प्रतिकृया दिनुहोस्