राष्ट्रपति भण्डारी र पूर्वप्रधानमन्त्री ओलीबीच शीलत निवासमा भेटघाट

File Photo
File Photo

राष्ट्रपति विद्यादेवी भण्डारीसँग पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले भेटवार्ता गरेका छन्।

राष्ट्रपति र ओलीबीच शनिबार बेलुका शीलत निवासमा भेटवार्ता भएको ओलीनिकट स्राेतले जनाएकाे छ।

उनीहरूबीच जारी संसद अधिवेशन, प्रक्रियामा रहेको एमसिसी सम्झौता, स्थानीय निकायको निर्वाचनलगायतका जल्दाबल्दा मुद्दाहरू बिचाराधीन अवस्थामा रहेको बेला प्रमुख प्रतिपक्षी नेताको राष्ट्रपतिसङ्ग अहिलेको भेट आफैमा अर्थपूर्ण मानिन्छ।

सवा ६ बजे नेपाल प्रहरी र सशस्त्रको अगुवा पछुवासहित ओली सेतो जीपमा शीतल निवास प्रवेश गरेका थिए। 

अघिल्लो हप्ता स्थानीय चुनावको तिथि नसार्न रास्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बिना सम्वोधन र हस्ताक्षरको ७ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदा त्यसको एक ठाउँमा सबै दलवीच सरसल्लाहको सुझावसमेत समेटिएको थियो तर सत्तारुढ गठबन्धनले भने लगत्तै बसेको बैठकमा सोवारे छलफल हुँदा समसामयिक विविध बिषयमा कुरा गर्न डाकिएको सर्वदलीय बैठक बहिष्कार गरी एमालेले राष्ट्रपतिको उक्त सदिच्छालाई अवमूल्यन गरेको निश्कर्श निकालेको थियो।

पाँच दलीय गठबन्धन टुटाएर कांग्रेस र एमालेको समर्थनमा एमसीसी पाउन गराउन राष्ट्रपति भण्डारीले भित्रभित्रै भूमिका खेलिरहेको चर्चा राजनीतिक बजारमा सुरु भइसकेकाे छ।

प्रकाशित मिति: : 2022-02-06 05:51:00

प्रतिकृया दिनुहोस्