‘पर्फमर’ देवेन्द्र बब्लु, अनेकौ संघर्षपछि जो 'स्टारडम'को यात्रामा छन्

पहिलोपोष्ट

लक्ष्मी बलायर

कोरोना संक्रमणको त्रास तीव्र भइ पहिलो लकडाउन गरिएको बेला देवेन्द्र बब्लु जन्मथलो बाग्लुङ पुगेका थिए। त्यही समय उनको छिमेकी काकीले विदेशमा रहेका श्रीमानसँग भेट्न नपाउनुको पीडा सुनाइन्। कोरोनाले उनको र श्रीमानको भेट हुने समय थप बढाउने हो कि भन्दै उनले भनिन्, 'सधैँ यस्तै भयो भने हाम्रो भेटै हुन्न होला। अनि सधैँ पर्खेको पर्खै त होला नि!’

काकीको त्यो संवादबाट देवेन्द्र निकै प्रभावित भए। 'भेटै हुन्न र पर्खेको पर्खै छु' शब्दलाई मोबाइलको नोटप्याडमा टिपे। लकडाउन खुकुलो भएसँगै उनी काठमाडौं फर्किए। मनोरञ्जन क्षेत्र विस्तारै फेरि ब्युँतिदै थियो। कुन गीत बनाउने भनेर उनी सोचिरहेका थिए। त्यहीबेला मोबाइलमा टिपेका शब्दहरु उनलाई याद आयो। काकीको संवादबाट टिपेका शब्दहरुमा थप शब्द थपे उनले र बन्यो छोडेर जानेहरुको यादमा पर्खनेको पीडा बोल्ने गीत :

बतास बनि छुन आइदेउन

फेरि मेरि हुन आइदेउन

म त पर्खेको पर्खै छु…

चार साताअघि रिलिज भएको यसै गीतले देवेन्द्र बब्लु निकै चर्चामा छन्। गीतलाई टिकटकदेखि युट्युबमा रुचाइएको छ। लोकभाका शैलीको गीतलाई लगभग ४० लाख भ्युज मिलिसकेको छ युट्युबमा। भिडियोमा खासै कथा नभएपनि शब्द, कम्पोजिसन र स्वरको तालमेल मिलेर दर्शकले मन पराएको उनी बताउँछन्।

प्रकाशित मिति: : 2022-02-05 12:15:00

प्रतिकृया दिनुहोस्