शाखा अधिकृत बन्दाको खुशी : दिदीबहिनीले सँगै निकाले नाम, यसरी पढ्दा मिल्यो सफलता

लोकान्तर

अजय अनुरागी

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ का दुई दिदीबहिनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बिहीवार शाखा अधिकृतको नियुक्ति पत्र पाउँदा निकै खुशी थिए।

पहिलो प्रयासमै नाम निकाल्न सफल भएका २६ वर्षीया पार्वती भट्ट र २५ वर्षिया वसन्ती भट्टले एकसाथ नियुक्ति र पदस्थापनको पत्र पाएका छन्।

दुवै दिदीबहिनीले आ-आफ्नो हातमा नियुक्ति पत्र र पदस्थापनको पत्र पाएपछि एकअर्कालाई अँगालो हाल्दै खुशी साटासाट गरे।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सामान्य प्रशासन समूहमा अतिरिक्ततर्फ उनीहरूको पदस्थापन गरिएको छ। मन्त्रालयले दिने तालिम सकिएपछि अर्को ठाउँमा पदस्थापन हुनेछ।

प्रकाशित मिति: : 2022-02-03 19:31:00

प्रतिकृया दिनुहोस्