एमसीसीमा ‘प्रचण्ड’ दबाव

अनलाइनखबर

बिनु सुवेदी

१६ माघमा बोलाइएको प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) प्रस्ताव पेश गर्ने गाईंगुई सुनेका सभामुख अग्निप्रसाद सापकोटा १४ माघको विहानै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी निवास खुमलटार पुगे। र, आफू संसदमै मर्न तयार रहेको, तर एमसीसी सम्झौता टेबल गर्न नदिने अडान सुनाए।

त्यतिमात्रै होइन, सापकोटाले आफूविरुद्ध सर्वाेच्च अदालतमा विचाराधीन मुद्दाका कारण अप्ठ्यारोमा पारिए पनि एमसीसी अघि बढ्नै नदिने अडान राखे। ‘शेरबहादुर देउवाको कुरा हामीले किन मान्ने ? म पेश गर्नै दिन्न, बरु त्यहीँ मर्छु भन्नुभएछ,’ प्रचण्डको ब्रिफिङ सुनेका एक नेताले अनलाइनखबरसँग भने।

प्रकाशित मिति: : 2022-02-02 08:30:00

प्रतिकृया दिनुहोस्