पूर्वएफडिए गोटलिबको पूर्वानुमान–५ वर्ष मुनिका बच्चाहरूले मार्चको सुरुमा कोभिड खोप पाउने 

Reuters
Reuters

पूर्वएफडिए आयुक्त डा. स्कट गोटलिबले मार्चको सुरुवातमा ५ वर्ष मुनिका बच्चाहरुका लागी कोभिड–१९ खोप स्वीकृत हुन सक्ने बताएका छन्। 

संघीय अधिकारीहरूले गत महिना फाइजरको क्लिनिकल परीक्षणमा थपिएको तीन–डोजको भ्याक्सिन विपरित दुई–डोज भ्याक्सिनको स्वीकृति मा उक्त प्राधिकरण निर्भर रहने गोटलिबले आइतबार बताएका हुन्।  

परीक्षण चरणमा रहेका ती दुई भ्याक्सिनमध्ये दुई–डोज भ्याक्सिन सबैभन्दा छिटो स्वीकृत हुने सम्भावना बढी रहेको उनले बताए।

पूर्व–खाद्य तथा औषधि प्रशासन प्रमुखले सीबीएसको –फेश द नेशन’ मा एन्कर मार्गरेट ब्रेननलाई भने, ‘बालबालिकालाई दुई डोज लगाउँदा आधारभूत प्रतिरक्षा प्रदान गर्न सक्छ जसले उनीहरूलाई गम्भीर रोग र अस्पतालमा भर्ना हुनबाट जोगाउँछ।’ 

दुई–डोज भ्याक्सिनले २–५ वर्षिया बच्चाहरुलाई वयस्कहरूमा जस्तै बलियो प्रतिरक्षा प्रतिक्रिया नदेखाएपछि तेस्रो डोजको प्रभावको समीक्षा गर्दै फाइजरले आफ्नो क्लिनिकल परीक्षणहरू परिमार्जन गरेको घोषणा गरेको थियो। 

दुई–डोजको भ्याक्सिनले संक्रमणलाई पूर्ण रूपमा रोक्न नसके पनि गम्भीर रोगलाई रोक्ने तथ्यांक नै उक्त भ्याक्सिनलाई स्वीकृति दिन पर्याप्त हुन सक्ने कुरा गोटलिबले अनुमान गरेका छन्।  

१२ वर्षभन्दा माथिका जो कोही पनि बुस्टरको लागि योग्य रहेको र फाइजरको दुई–डोज खोप अक्टोबरको अन्त्यदेखि ५ वर्ष माथिका बच्चाहरूका लागि स्वीकृत गरिएको थियो। (एजेन्सीको सहयोगमा)

प्रकाशित मिति: : 2022-01-31 11:31:00

प्रतिकृया दिनुहोस्