मासिक कम्तीमा ५० लाख आम्दानी हुने गौशाला धर्मशाला १८ वर्षदेखि चार हजार २५० रुपैयाँ भाडामा

सेटिङ यति बलियो छ कि सम्झौता रद्द गर्न संसदीय समिति, अख्तियार, सतर्कता केन्द्र र महालेखाले दिएका निर्देशन कार्यान्वयन नै भएनन्

राज्यको सम्पत्ति कसरी दोहन भइरहेको छ भन्ने ज्वलन्त उदाहरण पशुपतिस्थित गौशाला धर्मशाला पनि हो, जुन १८ वर्षदेखि कौडीको भाउमा मारवाडी सेवा समितिलाई भाडामा दिइएको छ। गौशाला चोकमै रहेको नौ रोपनी नौ आना जग्गामा बनेका भवनबाट पशुपति क्षेत्र विकास कोषले मासिक चार हजार दुई  सय ५० रुपैयाँ मात्रै भाडा पाउँछ। जब कि त्यही सम्पत्तिबाट मारवाडी सेवा समितिले करिब ५० लाख मासिक आम्दानी गरिरहेको छ। 

पशुपति क्षेत्र विकास कोषले अमलकोट कचहरी गुठीअन्तर्गत रहेको जग्गा र धर्मशाला १२ जेठ ०६० मा मारवाडी सेवा समितिलाई सञ्चालन गर्न दिने सम्झौता गरेको थियो। यो सम्झौता पनि पशुपति क्षेत्र विकास कोष ऐनविपरीत छ। किनभने ऐनको दफा १८(क) मा आफ्नो कार्य सञ्चालनको सिलसिलामा कुनै स्वदेशी वा विदेशी संस्था वा निकायसँग सम्झौता गर्दा नेपाल सरकारको स्वीकृति लिनुपर्ने उल्नेख छ। तर, सरकारसँग अनुमति लिएको छैन। पशुपतिनाथ (त्रिशूल छाप) गुठीका नाममा दर्ता भएको कित्ता नम्बर ८३ को चार रोपनी १५ आना दुई पैसा र कित्ता नम्बर ८५ को चार रोपनी १० आना क्षेत्रफल जग्गामा धर्मशाला छ। 

प्रकाशित मिति: : 2022-01-31 08:30:00

प्रतिकृया दिनुहोस्