‘प्र्याङ्क एउटा हिम्मतिलो क्रियाकलाप हो, प्रतिबन्ध जरुरी छैन’

रातोपाटी

काठमाडौँ

मैले केही वर्ष यता नियमित प्र्याङ्क बनाउन थालेको छु। गृह मन्त्रालयले यसबारे हालै एउटा सूचना जारी गरेको छ। सूचना अनुसार सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करी (प्र्याङ्क) को नाममा सर्वसाधारणलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दारी लगाउने जस्ता क्रियाकलाप नगर्न भनिएको छ। त्यसो गरी सोको गोप्य भिडियो तयार गर्ने र उक्त भिडियो दृश्याङ्कन गरेर अनुमति बिना उक्त भिडियो सामाजिक सञ्जालमा हाल्न निषेध गरेको छ।

गृह मन्त्रालयको सूचनामा प्र्याङ्क बन्द गर्ने उर्दी छ भनेर केहीले अहिले हल्ला गरिरहेका छन्। मेरो बुझाइमा त्यो होइन। वास्तवमा सार्वजनिक स्थलमा ब्यक्तिको अनुमति र सहमति बिना प्र्याङ्क तथा मजाक भिडियो बनाएर सामाजिक सञ्जालमा हाल्न नपाउने भनिएको हो। प्र्याङ्क गरेको मानिसको भिडियो हाल्न अनुमति लिनुपर्ने भनिएको हो। यो ठिक कदम हो। भिडियो सामाजिक सञ्जालमा हाल्नु अगाडि अनुमति लिनुपर्ने कुरोमा म पनि सकारात्मक नै छु। मैले अहिलेसम्म प्र्याङ्क भिडियो बनाएपछि अनुमति बिना सामाजिक सञ्जालमा अपलोड गरेको छैन। त्यसैले, अहिलेको सूचनाले म जस्ता प्र्याङ्क निर्मातालाई छुदैन।
 

प्रकाशित मिति: : 2022-01-30 15:02:00

प्रतिकृया दिनुहोस्