युवाको प्रेरणा विमला : गाउँमा हुर्किएकी चेली पहिलो प्रयासमै कानून उपसचिव

लोकान्तर

प्रकाश आचार्य

गन्तव्य पहिचान नगरी भौतारिएका युवाका लागि आदर्श पात्र हुन् विमला पौड्याल। पौड्याल नेपाल कानून आयोग नयाँ बानेश्वर, काठमाडौंमा उपसचिव पदमा कार्यरत छिन्।

कानून समूहबाट राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) पदमा खुला प्रतिस्पर्धाबाट आउने महिला हालसम्म धेरै कम छन्। त्यसमध्ये पर्छिन् विमला। 

विमला निजामती सेवामा ढिलो प्रवेश गरिन् तर छिटो छलाङ मारिन्। प्राध्यापन पेशाबाट निजामतीतर्फ लाग्ने गरी सोच बदलेर २०६८ सालदेखि लोकसेवा तयारीमा जुटेकी विमला ९ वर्षमै खुला प्रतिस्पर्धाबाट उपसचिव पदमा पुगेकी छन्।

‘सफलताका लागि निरन्तर र नियमित रूपमा संघर्ष र मेहनत आवश्यक पर्छ,’ उपसचिव पौड्याल भन्छिन्, ‘इच्छाशक्तिका साथ समय व्यवस्थापन गरेर निरन्तर अध्ययन गर्नेलाई निजामती सेवा प्रवेशमा गाह्रो छैन।’

उपसचिव विमलाको व्यक्तित्व अग्लिँदो छ। उनले एउटा अब्बल र इमान्दार राष्ट्रसेवक कर्मचारीको रूपमा आफ्नो परिचय बनाएकी छन्। 

प्रकाशित मिति: : 2022-01-29 16:15:00

प्रतिकृया दिनुहोस्