पठाओ लुटपाट : लुटेराको कोडवर्ड– खाना तयार गर्नु !

रातोपाटी

काठमाडाैँ

काठमाडौंको कोटेश्वरबाट यात्रु बोकेर ललितपुरको धापाखेल पुगेका पठाओ राइडर २४ वर्षीय प्रविन राई माघ ८ मा मध्यरातमा लुटिए । आफैले लिएर गएका यात्रु र धापाखेलस्थित आँखादहमा लुकेर बसेका अर्का एकजना अपरिचित मिलेर उनको हातखुट्टा बाँधे, मुखमा टेप लगाएर भिरालो ठाउँबाट खसालिदिए ।

त्यसपछि उनको मोटरसाइकल, सामसुङ कम्पनीको मोबाइल र ८ हजार नगद लिएर उनीहरु भागे।

उदयपुरको त्रियुगा नगरपालिका घर भएका प्रविन डेढ महिनाअघि काठमाडौं आएका थिए । काठमाडौं आउँदा उनको साथमा थियो प्रदेश–२–०१–००१ प ११६६ नम्बरको मोटरसाइकल ।

काठमाडौंमा आएर गोंगबुमा बस्न थालेका उनी पठाओको कार्यालयमा आफ्नो मोटरसाइकल दर्ता गराएर चलाउन थालिहाले ।

प्रकाशित मिति: : 2022-01-27 09:20:00

प्रतिकृया दिनुहोस्