विश्वव्यापी सूचकाङ्कमा नेपालको भ्रष्टाचार

नागरिक दैनिक

काठमाडाैँ

सन् १९९५ देखि ’करप्सन इन्डेक्स’ विश्वको भ्रष्टाचार मापन गर्ने एउटा अन्तर्राष्ट्रिय इन्डिकेटरका रूपमा छ। जसले विश्वका १८० मुलुकको सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचारलाई मापन गर्छ।

यो कार्यका लागि ट्रान्सपरेन्सी इन्टरनेसनलले विश्वभरबाटै केही ख्याति प्राप्त संस्था, जस्तै– विश्व बैंक, वल्र्ड इकोनमिक फोरमलगायत अन्य निजी संस्थाहरूको आधिकारिक तथ्यांकहरूलाई आधार बनाएर यो नतिजा निकाल्ने गर्छ।

यसपालिको विश्व तथ्यांकअनुसार ग्लोबल औसत सधैँझैँ ४३ रहेको जनाइएको छ जुन विगत दश वर्षदेखि एउटै छ। यो नतिजामा विश्वका दुईतिहाइ देशको औसत अङ्क ५० भन्दा तल रहेको पाइन्छ। यस वर्षको नतिजाअनुसार सबै भन्दा राम्रो अङ्क प्राप्त गर्ने देशहरूको टप टेनको सूचीमा डेनमार्क (८८), फिनल्यान्ड (८८) र न्युजिल्यान्ड (८८) आदि छन्।

प्रकाशित मिति: : 2022-01-27 09:14:00

प्रतिकृया दिनुहोस्