एजेन्ट परीक्षामा भन्सार विभागको गोलमाल !

अनलाइनखबर

काठमाडौँ

शुक्रबार भन्सार विभागले फैलिँदो कोरोना संक्रमणलाई मध्यनजर गर्दै भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको जानकारी दियो। तर, अचम्म चाहिँ के छ भने भन्सार विभागले भन्सार एजेन्ट लिखित परीक्षाको मिति र समय नै किटान गरेको थिएन।

झण्डै ९ हजार आवेदकहरु अहिले परीक्षा मिति र समय कुरेर बसेका छन्। गत वर्ष चैतमा आवेदन दिएका उनीहरुले एक वर्षसम्म पनि परीक्षा नगराएको भन्दै पुस ११ गते विभाग परिसरमा धर्ना दिएका थिए।

परीक्षाबारे कुनै सार्वजनिक सूचना नै नदिएको विभागले परीक्षा स्थगन गरेको सूचना प्रकाशित गरेको एक परीक्षार्थीले बताइन्। भन्सार विभाग जसरी पनि यो परीक्षा नगराउन लागिपरेको र यसमा महानिर्देशक पुराना एजेन्टको प्रलोभनमा परेको ती परीक्षार्थीको आरोप छ।

प्रकाशित मिति: : 2022-01-21 16:30:00

प्रतिकृया दिनुहोस्