कोभिड–१९ को तेस्रो लहर सुरु भएसँगै सङ्क्रमणको दर तीव्र बढ्दैछ । त्यस्तोमा सुरक्षामा खटिएका सुरक्षाकर्मीमा पनि सङ्क्रमण बढ्दो छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा कार्यरत सुरक्षाकर्मीहरू मध्ये अहिले १ हजार ३८ जना आइसोलेसनमा छन् ।
कोभिड–१९ सङ्क्रमणको तेस्रो लहर सुरु भएसँगै सबै सुरक्षा निकायले पूर्व सावधानी अपनाउन आन्तरिक सर्कुलर गरेका छन् । अहिले, सशस्त्र प्रहरीमा २ सय २१ जनामा सङ्क्रमण देखिएको छ ।
सशस्त्र प्रहरीका डिआईजी तथा प्रवक्ता मन्दिप श्रेष्ठ पनि कोरोना सङ्क्रमणका कारण आइसोलेसनमा छन् ।