नेताहरु 'आइसोलेट' हुँदा राजनीति ठप्प : प्रचण्डलाई राहत, एमालेलाई चाहिँ आहत

पहिलोपोष्ट

काठमाडौँ
Breaknlinks
Breaknlinks

कोभिड-१९ संक्रमण तीब्र गतिमा बढ्न थालेपछि राजनीतिक गतिविधि ठप्प भएका छन्। एकातिर संसद बस्न सकेको छैन भने अर्कातिर राजनीतिक दलले आफ्ना गतिविधिलाई कटौती गर्न वाध्य भए। दलका शीर्ष नेताहरुमा नै कोभिड १९ संक्रमण देखिएको छ। नेता 'आइसोलेट' हुँदा राजनीतिक गतिविधि धिमा बन्न पुग्यो। नेकपा माओवादी केन्द्रको ८औं अधिवेशनपछि पुस १९ गते बसेको केन्द्रीय कमिटीको बैठकपछि माओवादी केन्द्रले सबैखालका गतिविधि रोकेको छ। कांग्रेसको पनि राजनीतिक गतिविधि ठप्प छै।

प्रचण्डलाई राहत

कोभिड-१९ संक्रमण माओवादी केन्द्रका हकमा गजबको वाहना बन्न पुग्यो। ८औं महाधिवेशनबाट पूर्ण केन्द्रीय कमिटी छान्न नसकेका प्रचण्डले २ सय ३६ जना केन्द्रीय सदस्यको सूची पास गराए। बाँकी सदस्य त छाडौं, पदाधिकारी छान्न पनि प्रचण्ड असफल रहे। आफूलाई अध्यक्ष छान्ने बाहेक पदाधिकारीको टुंगो लगाउन उनले आवश्यक ठानेनन्।

नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकपछि धेरैजसो शीर्ष नेताहरुलाई कोरोना भाइरसको संक्रमण देखिन थालेपछि माओवादी केन्द्रले त्यसैको 'निहूँ'मा पदाधिकारी चयनलाई थाँती राखेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैँ संक्रमित भए तेस्रो लहरको सुरुमै। उनी हाल संक्रमण मुक्त भइसकेको प्रचण्डको सचिवालायले जनाएको छ।

प्रकाशित मिति: : 2022-01-19 12:48:00

प्रतिकृया दिनुहोस्