साउदी अरेबिया नेतृत्वको सेनाले यमनमा हुथी विद्रोहीविरुद्ध आक्रमण

File Photo
File Photo

यमनमा रहेको साउदी अरेबियाको नेतृत्वको सेनाले यहाँका विभिन्न शहरमा शनिबार पनि आक्रमण गरेको छ। हुथी विद्रोहीको विरुद्धमा कारबाहीका क्रममा सो सेनाले यमनको राजधानी शहर लगायतका विभिन्न शहरमा यस्तो हमला गरेको हो। उक्त सेनाले युद्धक विमानबाट शनिबार मारिब र साबा शहरमा हवाई हमला गरेको हो। त्यस क्रममा हुथी विद्रोहीहरुका कतिपय आश्रयस्थलहरु भत्किएका बताइएको छ।

यमनमा एकजना सैनिक अधिकारीले विभिन्न शहरमा यमनका सेना समेत सम्मिलित गठबन्धन सेनाले हवाई कारबाही गरेको र त्यसमा परेर केही हुथी विद्रोही पनि हताहत भएका बताएका छन्। ती अधिकारीका अनुसार शनिबार दिनभर यस्तो हवाई कारबाही जारी रहेको छ। मारिब यमनको तेलको धनी शहर हो।

यहाँका कतिपय स्थानमा हुथीहरुले आश्रय स्थलहरु नै बनाएका बसेका छन्। त्यसैले यमनको सेनाले समय समयमा यस्तो हवाई काबारही गर्ने गरेको छ।

प्रकाशित मिति: : 2022-01-16 14:10:00

प्रतिकृया दिनुहोस्