युक्रेनमा हस्तक्षेप रोक्न रूसमाथि दवाब

file photo
file photo

रुसले युक्रेनमा आक्रामण गर्ने विभिन्न बहाना बनाइरहेको अमेरिकाले आरोप लगाएको छ। अमेरिकी अधिकारीहरूले रुसले युक्रेनमा फेरि पनि आक्रमण गर्ने तयारी गरेको भन्दै आपत्ति जनाएका हुन्।

रूसले विभिन्न बहानामा सैन्य कारबाहीहरू सञ्चालनको तयारी गरेको अमेरिकाको दावी छ। तर, अमेरिकी आरोपमा कुनै सत्यता नभएको रुसी अधिकारीले बताएका छन्। युक्रेनको गुप्तचरले रुसी सेनालाई सैन्य आक्रमणका लागि हातहतियारसहित पूर्ण तयारी अवस्थामा राखिएको जनाएको छ। आक्रमणको तयारी थाल्नु अघि युक्रेनका नागरिकलाई रुसी सैन्य अधिकारीहरूले उत्तेजित बनाएको बताइएको छ। मस्कोले यसअघि नै अत्याधुनिक हतियारसहित करिब एक लाख सेना युक्रेन पठाइसकेको आरोप यूरोपेली नेताहरूले बताउँदै आएका छन्।

युक्रेनमा आधार दर्जनभन्दा बढी सरकारी वेबसाइटहरु ह्याक हुनुमा रुसकै संलग्नता रहेको हुनसक्ने आशङ्का गरिएको छ। आफ्नो महत्वपूर्ण र राणनीतिक सूचनाहरु लिएर रुसले आक्रमणको योजना बनाएको युक्रेनका अधिकारीहरूले दावी गरेका छन्। तर, रुसले उक्त आरोपबारे कुनै प्रतिक्रिया जनाएको छैन। अमेरिका र नाटोसम्बन्ध सेनाले भने रुसको सो कदमको विरोध गरेका छन्।

प्रकाशित मिति: : 2022-01-15 21:06:00

प्रतिकृया दिनुहोस्