इन्डियन आइडल–१२ का बिजेता पवनदिपको नेपाल यात्रा स्थगित 

इन्डियन आइडल सिजन–१२ का बिजेता पवनदिप राजनको नेपाल भ्रमण स्थगित भएको छ। 

हाल देशभर कोरोना भाइरसको सङक्रमितको सङख्या बढ्न थालेपछि उनको नेपाल भ्रमण रद्द भएको हो।

उनी रोटरी इन्टरनेशनलले दरबारमार्गस्थित ‘लर्ड अफ डिङ्र’ मा आयोजना गर्न लागेको कार्यक्रममा आउने भएका थिए। 

नेपाली मुलका पवनदिव भारतको उत्ताराखन्डका वासी हुन। इन्डियन आइडलको प्रतियोगी बनेका उनले करोडौं दर्शकहरुलाई आफ्नो बनाउन सफल बने।

कोरोना कहरको बढेपछि सरकारले स्वास्थ मापदण्ड पालन गर्नका साथै २५ जना भन्दा बढी भेला नहुने आदेश दिएको थियो। सोही कारण उक्त कार्यक्रम हुन नसकेको आयोजक समूहले जनाएको छ।

प्रकाशित मिति: : 2022-01-13 12:48:00

प्रतिकृया दिनुहोस्