पूर्वराजा ज्ञानेन्द्रको बढ्दो क्रेज, सिंहदरबारमै लाग्यो गणतन्त्र बिरोधी नारा (भिडियाेसहित)

Breaknlinks
Breaknlinks

पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन्।

मंगलबार राष्ट्रिय एकता दिवस तथा ३०० औँ पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा शाहले सिंहदरबारको पश्चिम मूलगेटमा रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यापर्णसहित पुष्पहार अर्पण गरेका हुन्।

पूर्वराजाको स्वागतका लागि विभिन्न संघसंस्थाले कार्यक्रम गरेका थिए।
पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न पूर्वराजा शाह पुग्दा उनका समर्थकले नाराबाजी गरेका थिए। समर्थकहरु विभिन्न झाँकी एवं बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकाअघि उपस्थित भएका थिए।
उनीहरूले ‘हाम्रो राजा हाम्रो देश, चाहियो चाहियो राजा चाहियो, गणतन्त्र मुर्दावाद, यो व्यवस्था चाहिँदैन’ जस्ता नारा लगाएका थिए। पूर्वराजा शाह सिंहदरबारमा पुग्दा फोटो खिचाउनेहरूको भिड समेत लागेको थियो।

पूर्वराजा शाहले पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा सोमबार एक विज्ञप्ति जारी गर्दै गणतान्त्रिक व्यवस्थाप्रति असन्तोष प्रकट गरेका थिए।

विसं १७७९ पुस २७ गते जन्मिएका पृथ्वीनारायण शाह १७९९ चैत २५ गते गोरखाको राजा बनेका थिए। उनी राजा बन्दा नेपाल ५२ वटा ठूला साना राज्यमा विभक्त भएको थियो।
पृथ्वीनारायण शाहले नुवाकोट, मकवानपुर, काठमाडौँ उपत्यकाहुँदै पूर्वका चौदण्डी विजयपुरसम्म विजय प्राप्त गर्न सफल भएका थिए।

तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक र दूरदृष्टियुक्त पाइन्छ।आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा पुस २७ गते पृथ्वीनारायण शाहको सम्झनामा नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ।

प्रकाशित मिति: : 2022-01-11 20:00:00

प्रतिकृया दिनुहोस्