पृथ्वी जयन्ती: सिंहदरबारमा जे देखियो [तस्बिरहरू]

शनि शाक्य

काठमाडौँ
Breaknlinks
Breaknlinks

पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

पृथ्वी जयन्तीको अवसरमा आज सिंहदरबारकाे पश्चिम मूलद्वारमा अवस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणको कार्यक्रम राखिएको छ।

सर्वसाधारणका साथै राजावादी संघसंस्थाहरुले शालिकमा माल्यार्पणको कार्यक्रम राखेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीजयन्तीको अवसरमा मंगलबार पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन्।

उनले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन्। विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीसहित सरकार कर्मचारी पनि माल्यार्पण कार्यक्रममा सहभागी भएका छन्।

हेर्नुहोस् तस्बिररू:

 

 

प्रकाशित मिति: : 2022-01-11 12:34:00

प्रतिकृया दिनुहोस्