सरकार, विद्यालय नै पहिला किन बन्द ?

रातोपाटी

काठमाडौँ

कोरोना भाइरसको तेश्रो लहर आँकलन गर्दै सरकारले यसको चेनब्रेकका लागि भनेर विद्यालयको अध्ययन अध्यापनलाई माघ १५ गतेसम्म रोक्ने निर्णय गरेको छ। विद्यालय भन्ने शब्दले कुनै एउटा तहसम्म मात्र जनाउने हो या सबै तहका सबै खालका शैक्षिक गतिविधिहरूलाई इंगित गर्ने हो स्पस्ट पारिएको छैन। बिस्तारै परिस्थिति पूर्ण लकडाउनतिर उन्मुख हुने सम्भावनाको बारेमा पनि यदाकदा समाचार बन्ने गरेका छन्। पछिल्ला केही लकडाउन स्वास्थ्य सतर्कता भन्दा पनि सत्ता सतर्कता उन्मुख देखिएको भनेर त्यसको विरोधसमेत भएको थियो। कोरोना कहरले विश्व व्यवस्था नै सामुल अदलबदल हुने परिस्थितिमा छ।

अहिलेसम्म हाम्रा अधिकांश विश्व गतिविधिको अध्ययन विश्वयुद्ध अघि र विश्वयुद्ध पछि भनेर हुँदैछ। क्लाउस सेवाव र थेरी मालारेटको पुस्तक ‘कोभिड–१९ः द ग्रेट रिसेट’ले अब देखिको इतिहासको अध्ययन पनि कोभिड अघि र कोभिड पछि भनेर हुन सक्ने अनुमान गरेको छ। यद्यपि कोरोनाको कारण हामीमा पनि त्रास तथा त्यसको बहुपक्षीय असर बढेको भने अवस्य हो। यसको नियन्त्रण मध्येको प्रमुख बन्दाबन्दीलाई सुरूका अवस्थामा नागरिक वृत्तवाट राम्रै सहयोग आएको थियो। तर सरकार नागरिक आशा र आवश्यकताअनुसार यसलाई व्यवस्थित गर्न दत्तचित्त देखिएन।

प्रकाशित मिति: : 2022-01-11 11:49:00

प्रतिकृया दिनुहोस्