बिएल संवाददाता
दाङको घोराहीमा लुम्बिनी प्रदेशस्तरीय हाप्किडो च्याम्पियनसिप हुने भएको छ।
दाङ जिल्ला हाप्किडो संघको आयोजना तथा नेपाल मार्सल हाप्किडो संघ र घोराही नगरस्तरीय हाप्किडो समितिको सहकार्यमामा माघको ४, ५ र ६ गते लुम्बिनी प्रदेशस्तरीय हाप्किडो च्याम्पियनसिप हुने भएको हो।
उक्त च्याम्पियनसिपको उद्घाटन लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री वसीउद्दीन खाँले उद्घाटन गर्ने भएका छन्।
घोराहीमा विद्यालयस्तरीय हाप्किडो च्याम्पियनसिप गर्ने तयारी गरिएपनि तत्कालका लागि उक्त प्रतियोगितालाई रोकेर प्रदेशस्तरीय प्रतियोगिता गर्न थालिएको दाङ जिल्ला हाप्किडो संघका अध्यक्ष भुवन बुढामगरले जानकारी दिए।
‘यसअघि माघको पहिलो हप्ता विद्यालयस्तरिय च्याम्पियनसिप गर्ने गरि तयारी भैरहेको थियो। तर त्यसलाई पछि गर्ने गरि अहिले प्रदेशस्तरिय प्रतियोगिता गर्ने तयारीमा जुटेका छौ’, उनले भने, ‘प्रदेशस्तरिय च्याम्प्यिनसिपको मन्त्रीले घोराहीमा उद्घाटन गर्नेछन्।’
खेलक्षेत्रको विकाससँगै खेलाडीहरुको पहिचानका लागि प्रतियोगिता गर्न थालिएको उनले बताए। पाँचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिपको तयारी स्वरुप यो प्रतियोगिता गर्न थालिएको छ।
प्रदेशस्तरिय च्याम्पियनसिपमा लुम्बिनी प्रदेशका १२ जिल्लाकै खेलाडीहरुको सहभागिता रहने दाङ जिल्ला हाप्किडो संघका अध्यक्ष बुढामगरले बताए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया