बिएल संवाददाता
संकटा क्लबले शुक्रबार सहिद स्मारक ए डिभिजन लिगमा नव प्रवेशी सातदोबाटो युथसँग १-१ को बराबरी खेलेको छ। यससँगै संकटाले शीर्ष स्थानका मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबसँग अंक दूरी घटाउने मौका गुमाएको छ।
बराबरीपछि संकटा १४ अंकका साथ तेस्रो स्थानमा यथावत छ। शुक्रबार जितेको भए संकटाले दोस्रो स्थानको मनाङसँग अंक बराबर गर्ने थियो। तर, बराबरीपछि त्यो मौका गुमायो। मछिन्द्र १७ अंकका साथ शीर्ष स्थानमा छ।
मनाङले शनिबार पोखरा रंगशालामा च्यासल युथविरुद्ध प्रतिस्पर्धा गर्नेछ भने मछिन्द्रले पुछारको फ्रेण्ड्सविरुद्ध खेल्नेछ। बराबरीपछि सातदोबाटो भने ९ अंकका साथ आठौं स्थानमा यथावत छ।
सातदोबाटोले विपक्षी गोलकिपर राजाबाबु थापाले गरेको गल्तीको फाइदा उठाउँदै २३औं मिनेटमा अग्रता लिएको थियो। संकटाका रक्षक निरज बस्नेतले दिएको ब्याक पासलाई गोलकिपर राजाबाबुले राम्रोसँग क्लियर गर्न सकेनन्। राजाबाबुले सातदोबाटो युथका दीपकराज सिंह ठकुरीलाई छलाएर क्लियर गर्न लाग्दा चिप्लिएर लडे। त्यसपछि प्रहार गरेको बल सातदोबाटोकै फरवार्ड सुशील राईको छातीमा लागेर पोष्ट भित्र छिर्याे।
३०औं मिनेटमा सातदोबाटोका सुदीप गुरुङ आभागी बने। दीपकराजले दिएको ब्याक पासमा सुदीपले २३ यार्डबाट हानेको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो।
त्यसको दुई मिनेट बित्न नपाउँदै संकटाका जया गुरुङले बराबरी गोल फर्काए। ३२औं मिनेटमा दीपेश आलेमगरको पासमा जय गुरुङले २५ यार्डबाट दोस्रो बार च्यापेर हानेको लामो प्रहारलाई सातदोबाटोका गोलकिपर अविशेक बरालले रोक्न सकेनन्।
दोस्रो हाफमा सातदोबाटोले गोलका केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा अंक बाड्न बाध्य भयो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया