मेरिकामा नेपाली समुदायबाट निर्वाचित एक मात्र हाउस अफ रिप्रेजेन्टेन्टिभ्स डा. ह्यारी भण्डारीले दोस्रो कार्यकालका लागि दिएको उम्मेदवारीको मेरिल्याण्ड राज्यकी सभामुख एड्रिन जोन्सले समर्थन गरेकी छिन् । बुधबार साँझ आयोजित भर्चुअल जुम मिटिङलाई सम्बोधन गर्दै उनले आफ्नो समर्थन जनाएकी हुन् । बैठकमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले भनिन्, ‘डा. ह्यारी भण्डारी मेरिल्याण्ड हाउसको एक प्रभावशाली डेलिगेट हुनुहुन्छ । उहाँले आफ्नो समुदायलाई धेरै दिन सक्नुहुन्छ । उनले पहिलो कार्यकालमा निर्वाह गर्नुभएको भूमिका प्रशंसनीय रहेको छ । म उहाँलाई अर्को कार्यकालका लागि पनि हाउसमा देख्न चाहन्छु। ‘
भर्चुअल बैठकमा डेलिगेट डा. ह्यारी भण्डारीले आफ्नो पहिलो कार्यकालमै १० वटा विधेयक पास गराएको बताउँदै आफूले दशैं विधेयक प्रस्तुत गरे पनि पास गर्न नसकिएको कुरा राखे । उनले आउने संसद सत्रमा त्यसलाई पुन; प्रस्तुत गरेर पास गराउन अधिकतम प्रयास गर्ने प्रतिवद्धता जनाए।