बाँकेमा बाघले फेरि मार्‍याे मान्छे, शव छुटाउन दुई राउण्ड गोली प्रहार   

File Photo
File Photo

बाँकेमा फेरि बाघको मान्छे खाएको छ। आज विहान १० बजेतिर राप्तीसोनारी गाउँपालिका वडा नं ४ स्थित जलहन सामुदायिक वनमा घाँस ल्याउन गएको समयमा सोही ठाउँ निवासी ५३ वर्षीया लिला विष्टलाई बाघले खाएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार तीन जना महिलासँग विष्ट घाँस लिन गएकी थिइन्। सोही समयमा बाघले झम्टेर लगेको र अन्य महिलाहरु भागेर बाँचेका छन्। त्यपछि ति महिलाहरु प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले दिउँसो १:५५ बजे मात्र शवलाई फेला पारेको बाँके प्रहरीले जानकारी दिएको छ। प्रहरीले शवलाई छुटाउन बाघमाथि दुई राउण्ड गोलीसमेत चलाएको थियो। अहिले शवलाई भेरी अस्पतालमा लगिँदै गरेको छ।

बाँकेमा तीन महिनाको अवधिमा मात्रै बाघको आक्रमणबाट योसहित ३ जनाको मृत्यु भइसकेको छ। बाघले मान्छेलाई झम्टिने प्रयास भने पटक पटक गरिसकेको छ।

प्रकाशित मिति: : 2022-01-06 17:14:00

प्रतिकृया दिनुहोस्