प्रचण्डलाई प्रज्ञा भवनले दिएको ‘अन्तिम अवसर’ र चुनौती

लोकान्तर

काठमाडौँ

राष्ट्रिय सम्मेलनको जानकारी दिनका लागि पुस ७ गते माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको उपस्थितिमा केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना भएको थियो । उक्त पत्रकार सम्मेलनमार्फत राष्ट्रिय सम्मेलनको लोगो र नारा सार्वजनिक गरिएको थियो ।

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको नारा बनाएको थियो– नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणको लागि प्रथम राष्ट्रिय सम्मेलन । तर, पुस १० गते माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गर्‍यो । 

तत्कालीन प्रवक्ता महराले आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय सम्मेलनले पार्टीको क्रान्तिकारी विचार निर्माण गर्ने र सोही अनुसारको क्रान्तिकारी पार्टी बनाउने दाबी गरेका थिए । 

प्रकाशित मिति: : 2022-01-05 12:45:00

प्रतिकृया दिनुहोस्